राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरूले प्रतिपक्षी नेकपा एमालेसँग वार्ता–संवाद गर्न सुझाएका छन् ।
आज बसेको बैठकपछि राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडलले सदन अवरोध खुलाउन प्रतिपक्षीको नेता उपस्थित नभएकाले निष्कर्षमा पुग्न नसकिएको बताइन् ।
“संवादबाट नै हरेक अफ्ठ्याराहरुलाई निर्णयमा पुर्याउन सकिन्छ । त्यसका लागि प्रतिपक्षीलाई बोलाएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई अनुरोध गरियो,” उनले भनिन् ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित थियो । एमालेले लगातार संसद् अवरोध गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८ १७:१६
प्रतिक्रिया दिनुहोस्