site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘अमेरिकाको चीन नीति’ सबै देशको साझा स्वार्थको प्रतिकूल : राष्ट्रपति सी जिन पिङ
Sarbottam CementSarbottam Cement

काठमाडौँ । चीनका राष्ट्रपति सी जिन पिङले अमेरिकाको ‘चीन नीति’को कारण द्वीपक्षीय सम्बन्धमा गम्भीर कठिनाइहरू उत्पन्न भएको बताएका छन् । अमेरिकी समकक्षी जो बाइडनसँग शुक्रबार भएको फोन वार्तामा राष्ट्रपति सी ले अमेरिकाको चीन नीति दुई देशका जनताका साथै सबै देशको साझा स्वार्थको प्रतिकूल रहेको बताएको ग्लोबल टाइम्सले जनाएको छ । 

अमेरिका र चीनले सहकार्य गरे दुई देशसँगै विश्वलाई फाइदा पुग्ने र यदि एकअर्काको सामना गरे दुई देशसँगै विश्वलाई नै नोक्सानी हुने सीको भनाइ छ ।
 
सात महिनायता पहिलो पटक र बाइडन अमेरिकी राष्ट्रपति भएपछि दोस्रो पटक दुई नेताबीच वार्ता भएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताहरूले ‘प्रतिस्पर्धालाई द्वन्द्वमा बदलिन नदिन सुनिश्चित गर्न दुवै राष्ट्रको जिम्मेवारी’को बारेमा छलफल गरेको बताएको छ । 

छलफलमा राष्ट्रपति बाइडनले दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवारपूर्वक व्यवस्थापन गर्न अमेरिकाले गरिरहेको प्रयासको बारेमा स्पष्ट पारेको विज्ञप्तिमा जनाइएको छ । 

Global Ime bank

व्यापार, जासुसी र महामारी जस्ता मुद्दामा अमेरिका–चीन सम्बन्ध तनावपूर्ण रहँदैे आएको छ । 

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानलाई हेर्ने दृष्टिकोणमा पनि दुई देशबीच भिन्नता छ । बीबीसी÷ग्लोबलटाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय