site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत र इरानबीच बन्दरगाहसम्बन्धी सम्झौता : चीन र पाकिस्तानलाई झड्का !
SkywellSkywell

नयाँ दिल्ली । भारत र इरानबीच सोमबार भएको एउटा सम्झौताले चीन र पाकिस्तानलाई झड्का लाग्ने भारतीय मिडियामा दाबी गरिएको छ ।  भारत र इरानबीच चाबहारस्थित शाहिद बेहस्ती बन्दरगाह सञ्चालनबारे सम्झौता भएको हो ।

उक्त बन्दरगाह इरानको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह हो । यो सम्झौता इन्डिया पोर्ट्स ग्लोबल लिमिटेड र पोर्ट्स एन्ड मेरिटाइम अर्गनाइजेसन अफ इरानबीच भएको हो । भारतका जहाजरानीमन्त्री सबानन्द सोनोवालले इरान पुगेर आफ्ना इरानी समकक्षीका साथ यो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

KFC Island Ad
NIC Asia

पाकिस्तान र चीन इराननजिक ग्वादर बन्दरगाहलाई विकास गरिरहेका छन् । भारत, इरान र अफगानिस्तानलाई जोड्ने चाबहार बन्दरगाहलाई ग्वादर बन्दरगाहका निम्ति चुनौतीका रूपमा हेरिँदै आएको छ । यो सम्झौता १० वर्षका लागि भएको र त्यसपछि स्वतः नवीकरण हुने जनाइएको छ ।

सन् २०१६ मा पनि यससम्बन्धी दुई देशबीच सम्झौता भएको थियो । अहिलेको सम्झौतालाई त्यसैको नयाँ रूपका रूपमा लिइएको छ ।

Royal Enfield Island Ad

भारतका विदेशमन्त्री एस जयशंकरले यो बन्दरगाहको सम्झौताबाट नयाँ लगानीको बाटो खुल्ने जनाएका छन् । भारतको विदेश मन्त्रालयले यो सम्झौताले क्षेत्रीय कनेक्टिभिटी बढाउनुका साथै अफगानिस्तान, मध्य एसिया र युरेसियाका निम्ति मार्ग खोल्ने जनाएको छ ।

रोयटर्सले जनाएअनुसार, यो सम्झौतामा इन्डिया पोर्ट्स ग्लोबल लिमिटेडले करिब १२० मिलियन अमेरिकी डलर लगानी गर्नेछ । त्यसबाहेक २५० मिलियन डलरको वित्तीय मद्दत पनि गरिनेछ । यसानुसार, उक्त सम्झौता करिब ३७० मिलियन डलरको हुनेछ । यो बन्दरगाह भारतको रणनीतिक र कूटनीतिका हिसाबले निकै महत्त्वपूर्ण हुने जनाइएको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro