site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग भने– नीति तथा कार्यक्रममा अवरोध नगरिदिनुस् 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति गठनको आफ्नो मध्यमार्गी प्रस्ताव सत्ता सहयात्री दलहरुले नै नमानेको बताउँदै आजको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगरिदिन अनुरोध गरेका छन् ।

कांग्रेसका नेताहरू महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग अहिले बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले आज हुने राष्ट्रपतिको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम मा अवरोध नगरिदिन कांग्रेस नेताहरूसँग अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री दाहालले कांग्रेसले उठाइरहेको मागमा आफूलाई लागिरहेको र समस्याको समाधान हुने गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको लेखकले बताए ।

दाहालले आफ्नो मध्यमार्गी प्रस्ताव सत्ता सहयात्रीहरुले नमानेको संकेत गरेका थिए ।

दाहालले यसअघि राखेको प्रस्तावमा नेकपा एमालेले कांग्रेसको दोहोरो रणनीति भएको बताउँदै अहिले समिति बने त्यसपछि राजीनामा माग्ने भन्दै अस्वीकार गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच भएको छलफलमा तत्काल समिति बनाउने मागमा सहमत हुन नसकिने राय दुई नेताको रहेको स्रोत बताउँछ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्