site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मुम्बईमा होर्डिङ बोर्ड खस्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, ७४ घाइते 
Dabur Nepal
NIC Asia

मुम्बई । भारतको मुम्बईमा सोमबार आएको तुफान र वर्षाका क्रममा एक विशाल होर्डिङ बोर्ड खस्दा मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्ममा  १४ पुगेको छ । घाइतेको संख्या पनि ७४ पुगेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रहरीका अनुसार, अपराह्न करिब ४.३० बजे अचानक आएको तुफानमा स्थानीय घाटकोपर इलाकाको समता कोलोनीस्थित रेलवे पेट्रोलपम्पछेउको होर्डिङ बोर्ड खसेको थियो । उक्त बोर्ड ७० मिटरको थियो ।

अधिकारीहरूका अनुसार, उक्त होर्डिङ बोर्ड एक पेट्रोलपम्पमा खसेको थियो । त्यहाँ वर्षा र तुफानका कारण धेरै मानिस रोकिएका थिए । राति अबेरसम्म घाइतेलाई जोगाउने प्रयास गरिएको थियो । अझै पनि त्यहाँ केही मानिस फसेको अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro