राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सकारलाई भर्याङमुनिको सरकारको संज्ञा दिएका छन् । सोमबार युवासंघको कार्यक्रममा उनले यो सरकालाई छिट्टै बिदाइ गर्नुपर्ने बताए ।
“अहिलेको सरकार शाश्वत होइन । यो भर्याङमुनिको सरकार । अवैध यो सरकार अलिक दिनको पाहुना हो । बलजस्ती आएको पाहुना । यसलाई नेपाली जनताले छिट्टै बिदा गर्नुपर्छ । २०७९ को मंसिरमा चुनाव गर्नुपर्छ । १५ महिनामा त यो सरकारलाई खोजेर पनि पाइँदैन,” उनले भने ।
उनले अहिले सत्ता गठबन्धनले एमालेलाई एक्लाउन नसक्ने जिकिर पनि गरे । अब एमाले प्रवेश गर्नेको लर्को लाग्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८ १७:५४
प्रतिक्रिया दिनुहोस्