काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट आज ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजालासमा परेको रिट हेर्न नभ्याउने सूचीमा परेको हु । आज दुईवटाबाहेक प्रधानन्यायाधीश जबराको इजलासमा परेका अरू सबै रिट ‘हेर्न नभ्याउने’ सूचीमा परे ।
ओलीले दायर गरेका रिट पनि ‘हेर्न नभ्याउने’ सूचीमा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दायर तीनवटै रिट पनि ‘हेर्न नभ्याउने’ सूचीमा परे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेका रिटहरू हेर्न नभ्याउने सूचीमा परेका हुन् । यसअघि, उक्त रिटमा इजलास बस्न नसकेर अघि बढ्न सकेका थिएनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध, निर्वाचन आयोगविरुद्ध र लुम्बिनी प्रदेशसभाविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट दायर गरिएको छ ।