site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ : भित्र जसपा नेताहरूको भाषण, बाहिर सहिद परिवारको प्रदर्शन
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । शुक्रबार जनता समाजवादी पार्टी (जसपा) ले जनकपुर उद्योग वाणिज्य संघको भवनमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्‍यो । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले भाषण गरिरहेका थिए । तर, भवनबाहिर भने मधेस आन्दोलनका सहिद र घाइते परिवारहरूले प्रर्दशन गरे । 

सहिद परिवार तथा घाइते हकहित संघर्ष समितिले जागिरको व्यवस्थापन र नवीकरण गर्न माग गर्दै दोस्रो दिन प्रर्दशन गरेको हो । उनीहरूले पहिलो दिन बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पर्दशन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश २ का पूर्व आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सहिद परिवारहरूलाई आश्वासन दिएपनि उनीहरू जसपा अध्यक्ष यादवसँगै भेटेर जाने अडानमा थिए ।

सहिद प्रतिष्ठान गठन गर्नुपर्ने, सहिद परिवारलाई दिएको जागिरको म्याद थप्नुपर्ने, नियुक्ति पाएकालाई व्यवस्थापन गर्नुपर्ने र कार्यालय सहयोगीमा मात्र नभएर योग्यता अनुसार जागिर दिनुपर्ने लगायतका माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका छन् ।

Global Ime bank

प्रदेश सरकारले ५४ जना सहिद परिवारलाई कार्यालय सहयोगीको नियुक्तिपत्र दिएपनि काजमा २६ जनालाई मात्रै खटाएको थियो । एक वर्षको मात्रै नियुक्तिपत्र पाएका उनीहरूलाई सरकारले अहिले जागिर म्याद थप्न आनाकानी गरिरहेको छ ।

०७४ फागुन ३ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सरकारले सहिद परिवारका एक÷एक जनालाई रोजगारी दिने निर्णय गरेको थियो । ०७५ पुस २९ गते फेरि उनीहरूलाई तलब–भत्तालगायत अन्य सुविधा पाउनेगरी कार्यालय सहयोगी पदमा नियुक्ति पत्र दिई जागिरमा खटाउने निर्णय पनि गरेपनि व्यवस्थापन र नवीकरण गर्न नमानेको आरोप लागेको छ ।

जसपाको कार्यक्रममा अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता थियो ।

याे पनि पढ्नुहाेस् 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय