site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खोप लगाएका पर्यटक नेपाल आउँदा क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गर्न व्यवसायीको माग
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पर्यटन क्षेत्रका छाता संगठनहररूले खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।

कोरोनाका कारण दुई वर्षदेखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुनः सुरुवातका लागि खोप मात्रै एक विकल्प रहेको भन्दै छिटोभन्दा छिटो सबै नागरिकलाई खोप लगाउने वातावरण मिलाउन आग्रह गरे ।

व्यवसायीहरूले खोपको मात्रा पूरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पीसीआर गराई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउन पनि माग गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना पोजिटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिए पनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुनः चलायमान गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।

त्यसैगरी, स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरूले माग गरेका छन् ।

Global Ime bank

ज्ञापनपत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्यासँग आफू जानकार रहेको र फ्रान्टलाइनरलाई खोप लगाउन प्रयास गरिरहेको बताए । क्वारेन्टिनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केही दिनभित्रमा नै निर्णय गरेर सूचना निकालिने उनले बताएको टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

“पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिनेसमेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ,” सुवेदीले भने ।

विशेष पर्यटकीय गन्तव्यस्थलमा सर्वसाधारणलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकीय गन्तव्यहरूलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको मन्त्रीको भनाइ थियो ।

पर्यटन क्षेत्रसँग आबद्द यी संस्थाहरूले बारम्बार क्वारेन्टिन हटाउनुपर्ने माग र खोपको माग गर्दै ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर, कुनै सरकारले  सकारात्मक निर्णय गरेको देखिँदैन।

सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरू खुलेनन् भने पर्यटन व्यवसायीहरू पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यहाँबाट रोजगारी पाएका जनशक्तिसँगै सबैको लगानी नै खतरामा पर्ने सुवेदीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय