काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ शाखा कार्यालयमार्फत आयोजना गरेको कार्यक्रममा ३५ हजारभन्दा बढीले सहभागिता जानएका छन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा ३५ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता थियो ।
ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।