राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विशेष सम्बोधन गर्ने भएका छन् । नेपालले जुममार्फत् जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्न लागेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार नेता नेपालले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।
सरकारले अध्यादेश ल्याउन लागेको विषयले एमालेमा तरंग ल्याएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति वक्तव्य जारी गर्दै दल विभाजनको अध्यादेश ल्याउन लागेको भन्दै पार्टी फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
त्यस्तै ओलीले आजका लागि पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८ १०:४५
प्रतिक्रिया दिनुहोस्