site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हजारौँ रोजगारी सिर्जना गर्ने मीनबहादुरको मन
SkywellSkywell

काठमाडौं । कोरोना कहर सर्वत्र फैलिएको छ । गरिबहरू रोजगारी गुमाएर दुई छाक जोहो गर्न नसक्ने अवस्थामा छन् । रुनु र हास्नुको अवस्थामा छन् । धनीहरू सकभर सुरक्षित स्थानमा लुकेर राम्रो खाँदै, मनोरञ्जनका साथ कोरोनाको अन्त्य नभई कुनै जोखिम नमोल्ने मनस्थितिमा व्यापार–व्यवसायमा ताल्चा लगाएर बसेका छन् । 

तर एक कर्मवीर पुरूष कर्मयोगमा मस्त छन् । अन्य क्षेत्रमा रोजगारी गुमेको छ, यिनी योवर्ष मात्रै दुईहजार नयाँ रोजगारी थप गर्ने धुनमा तल्लिन छन् । अरु ‘प्लेन’ खुल्नेबित्तिकै युरोप र अमेरिका घुम्नजाने तयारीमा छन्, तर यिनी भने फोनमा कसैसँग कुरा गर्दै भन्छन्, “कहाँ इटलीमा हुनु हजुर, यहाँ इटरीमा छु भनेको क्या, इटहरी !” 

KFC Island Ad
NIC Asia

यो कुरा गर्ने व्यक्ति हुन् भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरूङ ।

हुन पनि हो, यो गर्मी मौसममा इटहरी चोकदेखि ४ किलोमिटर पश्चिम बजारमा बनिरहेको भाटभटेनी सुपर स्टोर्सको सबैभन्दा ठूलो र अत्यधुनिक डिपार्टमेन्टल स्टोरको निर्माण कार्यमा यिनी कुनै मजदुर जसरी महिनौंदेखि एकोहोरो काममा तल्लीन छन् । 

Royal Enfield Island Ad

गुरूङभन्दा धेरै सानो व्यवसाय गर्ने कतिपयलाई वातानुकुलित अफिसको घुम्ने कुर्सीमा बस्दा पनि पाँच मिनेट बत्ति जाँदा उकुस–मुकुस हुन्छ । तर, उनी भने निर्माणाधीन भवनको छायामा एउटा प्लास्टिकको कुर्सीमा बसेर तातो हावा खाँदै आफ्नो काममा मग्न छन् । 

उनको वरिपरि सर्वत्र निर्माण कामको ठूलो आवाज आइरहेको छ । कतै फलाम काटेको कर्रर्र..., त कतै डोजरको घर्रर्र..., कतै भुईं ठोकेको ढक–ढक, कतै ईंटा मिलाएको ट्याक ट्याक । 

यस्तो अवस्थामा रहेका मीनबहादुरलाई मानौं यी धुन पियानोको मधुर धुन हुन् वा कतै बजिरहेको मनोरम सुगम संगीत हुन् । 

बिहान आठ बजे निर्माणाधीन भवनमा आइपुग्ने उनी राती १० बजे सबै कामदार सुत्न हिंडेपछिमात्र होटल फिर्छन् ।

के यिनलाई पैसा नै कमाउनका लागि यतिधेरै मेहनत गर्नु परेको हो त ?

धेरै नेपालीलाई थाहा छ देशभर भाटभटेनी सुपर मार्केट्सका १८ शाखा छन् र इटहरी १९ औँ शाखा बन्दैछ । 

गुरुङ भदौ महिनाको मध्यमा १९ औँ शाखाको उद्घाटन गर्ने तयारीमा छन् । त्यसको काममा जुटेका छन् उनी । 

अहिले देशभर यो संस्थाले ६ हजार बढी व्यक्तिलाई रोजगारी दिइरहेको छ । व्यापारीक ‘टर्न ओभर’को हिसाबले हेर्दा पनि वार्षिक दशौं अर्बको व्यापार छ । करोडौं त कर मात्र तिर्छन् गुरूङ । अनि उमेरले ६ दशक नाघिसकेका गुरूङ किन गर्छन् यतिधेरै मेहनत ?

“पैसा र व्यापारमात्रै सबै कुरा होइन । मुलुक र जनता अप्ठेरोमा परेका बेला सेवा गर्न पाउनु मेरा लागि खुसीको कुरा हो । अहिले नेपाललाई चाहिएको रोजगारी नै हो, र म त्यही धुनमा एकोहोरो लागिरहेको छु,” गुरूङले भने । 

कसैलाई पनि व्यवसाय बढाउनु, रोजगारीका अवसर थप्नु र सम्पत्ति बढाउनु एउटा नशा हुनसक्छ । के भाटभटेनीले पनि त्यही मात्र गरेको होइन र ? भन्ने प्रश्न पनि धेरैको मनमा स्वतः उब्जन्छ ।

१८ शाखाबाट प्रशस्त रोजगारी सिर्जना भएकै छ, अनि अझै किन मेहनत गरिरहनु पर्‍यो त उनलाई ? प्रायः सबैको मनमा यो प्रश्न सहजै उब्जिन्छ । 

यसको उत्तर सायद सबैले बुझ्न सक्दैनन् । एक अत्यन्त धार्मिक प्रवृत्तिका व्यक्तिका लागि मानव सेवाको कुनै आयतन हुँदैन । 

पृथ्वीमा बस्नेले आफ्नो वरिपरि बाहेक केही देख्दैन तर माथि माथि जाँदै गर्दा पृथ्वी नै पनि सानो देखिन्छ । शायद, मिन बहादुर गुरूङलाई अहिलेको उपलब्धि धेरै ठूलो लाग्दैन, र उनी अझ धेरै परसम्म पुग्ने कोशिस गर्दैछन् ।

के एक पछि अर्को सुपरस्टोर्स खोल्नु नै उपलब्धि हो ?

कसैलाई पनि व्यवसाय बढाउनु, रोजगारीका अवसर थप्नु र सम्पत्ति बढाउनु एउटा नशा हुनसक्छ । के भाटभटेनीले पनि त्यही मात्र गरेको होइन र ? भन्ने प्रश्न पनि धेरैको मनमा स्वतः उब्जन्छ ।

मीनबहादुर गुरूङ्को यो एउटा भनाइले रोजगारीबाहेक उनको सेवाको अर्को आसय प्रष्ट पार्छ ।  

“तपाईँले दिने प्रस्ताव गर्नुभएको सामान भाटभटेनीको लागि महंगो भयो । भाटभटेनी भनेको सस्तोमा राम्रो सामान धेरै दिने सुपरस्टोर्स हो,” केही महिनाअघि भाटभटेनी सुपरमार्टेकट्सका अध्यक्ष गुरुङ सप्लायर्ससँगको कुराकानीका क्रममा बालुवाटारमा भेटिँदा यसरी गफिइरहेका थिए ।

कुरा त जस्ले पनि गर्छ । तर उनले सस्तोमा राम्रो सामान दिएको प्रमाण के हो त ? सामाजिक सञ्जालमा हेर्ने हो भने केही न केही गुनासो त भाटभटेनीको पनि आएकै हुन्छ । मानिसलाई केही सामान महङ्गो भयो भन्ने लागिरहेकै हुन्छ । कतिपय अवस्थामा बाहिरको सामानसँग सीधै तुलना गर्दा तलमाथि परेको पनि हुन सक्छ । 

तर, भाटभटेनीले नेपाली उपभोक्तालाई लगाएको गुन मीनबहादुर गुरूङले माथि बोलेका कुराबाट मात्र अनुमान लगाउनुभन्दा पहिले २०७२ सालको भूकम्पपछिको अवस्थालाई मनन् गर्नु पर्दछ । 

भूकम्प भएको दोस्रो दिन बजारमा प्रतिलिटर रू.. १५० मा उपलब्ध भएको एउटा तेलले मूल्य बढाएर रू.. ३५० प्रतिलिटर बनायो । त्यसपछि सो उद्यमीलाई कारवाही त भयो तर सामानको मूल्य विस्तारै उकालो लाग्यो । यो कुराले गुरूङलाई एउटा शिक्षा भयो । यदी, खाद्य सामग्रीको उचित भण्डारण गर्न नसक्ने हो भने गलत मनसाय भएका व्यवसायीले जनतालाई अप्ठेरो परेको बेलामा अन्धाधुन्ध फाइदा उठाउन सक्ने रहेछन् । अझ नेपालीलाई ठगेर विदेश पैसा लैजानेलाई यो देशको के माया ?
भूकम्पकै बेला पनि उनले आफ्नो गोदाममा स्टोर गरेको सबै खाद्यान्न बेच्नका लागि खुला गरिदिए । यदी त्यसो नगरेको भए त्यसबेला देखिएको मूल्यबृद्धि अझ बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । 

तर, २०७७ सालमा कोरोनाको कहरका बीच सबै पसलहरू बन्द हुने र यातायात अवरूद्ध भएको बेलामा पनि भूकम्पको बेला जस्तो खाद्यान्नको मूल्यमा धेरै उथल पुथल भएन । भाटभटेनीको कारण हो त ?

“यत्रो ठूलो बजारको सम्पूर्ण जिम्मा आफैँले लिएको भन्नु त ‘हुटिट्याउँले आकाश थामेको छु’ भनेजस्तो होला । तर, हामीले सप्लायर्ससँग पुरानै मूल्यमा मात्र सामान उठाउने निर्णय गर्‍यौं र परेको बेलामा स्टकनै रित्याएर समेत बजारमा मूल्य बढ्न नदिई आपूर्ति कायमै राख्यौं । त्यसले केही न केही सकारात्मक प्रभाव परेको भन्ने अनुमानसम्म गरेका छौ,” खासै जस नलिई सहज ढङ्गले उनले आफ्नो पक्ष प्रस्तुत गरे । 

व्यापारी भनेका सबै फटाहा हुन् भन्ने परेको छ । तर हामीले भित्रैबाट ग्राहकलाई भगवान सम्झेर काम गर्नुपर्छ र गरेका पनि छौँ

कमाएको पैसा के गर्ने त ?

उनी आफैँलाई केही पैसा चाहिँदैन । एउटा अलि राम्रो मोटर चढेका छन् त्यो पनि करिब १० वर्ष पुरानो, नयाँ किन्ने कुनै योजना छैन । आफू बस्ने घर उनको तहको व्यवसायीको तुलनामा सबैभन्दा साधारण होला । पाँचतारेको खाना खानु पर्दैन । सुपर स्टोर्स निर्माण भएको स्थानमा वरिपरि पाइने चिया, सेल, चना, आलु जे भए पनि हुन्छ । बेलुका दुइवटा रोटी र तरकारी भए पुग्छ । मासु र मद्यपान छाडिसके । 

“व्यापारी भनेका सबै फटाहा हुन् भन्ने परेको छ । तर हामीले भित्रैबाट ग्राहकलाई भगवान सम्झेर काम गर्नुपर्छ र गरेका पनि छौँ,” कुराकानीको पोयो फुकाउँदै गुरुङले भने, “खोटाङबाट काठमाडौंमा पढेर जागिर खाने सोचमा आएको व्यक्ति अहिले भाटभटेनीको मालिक बनेको छु । यसमा म सन्तुष्ट छु ।”

उनी त्यतिमा रोकिएनन्, “म अझै सन्तुष्ट के मा छु भने मैले सक्दो दान गर्न पाएको छु, र रोजगारी दिन पनि । खुसी त पैसा कमाएर होइन, कमाएको पैसा समाज सेवामा र जरुरी परेको क्षेत्रमा सहयोग गरेर खुसी हुन्छु ।”

“मेरो सपना भनेको अर्बौँ अर्बको ट्रष्ट बनाउने र दान गर्ने नै हो । एकदिन यो संसारबाट बिदा त अवश्य लिनुछ । मीनबहादुर र सावित्री गुरुङको अनुपस्थितिमा पनि ट्रष्ट सञ्चालन होस् । भाटभटेनी मल्टिनेसनल कम्पनी होस् ।” 

पुराना दिन 

२०३१ सालमा अध्ययनका लागि खोटाङबाट धरान हुँदै काठमाडौं आएका हुन् गुरुङ । २०४० सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए पनि सिध्याए । 

तल्लो तलामा जेल, माथिल्लो तलामा स्कुल । “हामी पछाडिको भर्‍याङबाट माथिल्लो तलामा गएर पढ्थ्यौँ, पढ्नका लागि पनि अहिलेजस्तो सहज त कहाँ थियो र ?,” उनी सुनाउँछन् ।

“त्यसबेलाको मिसन नै पढ्नु थियो,” विगत सम्झदै गुरुङ भन्छन् ।

खोटाङमा रहेको त्रिभुवन पब्लिक हाइस्कुलमा त्यसबेलाका ‘होलफस्ट’ गुरुङले पढेको स्कुलको तलपट्टि जेल थियो ।

तल्लो तलामा जेल, माथिल्लो तलामा स्कुल । “हामी पछाडिको भर्‍याङबाट माथिल्लो तलामा गएर पढ्थ्यौँ, पढ्नका लागि पनि अहिलेजस्तो सहज त कहाँ थियो र ?,” उनी सुनाउँछन् ।

गुरुङले आफ्ना पुराना दिन खोतल्न थाले– काठमाडौंमा बीए पढ्नका लागि बुबाले नै जोड गर्नुभएको हो । मेरा मितबुबा हुनुहुन्थ्यो एकजना पण्डितजी ! पण्डितको छोरा सानैमा बित्नुभएको हुँदा मलाई नै छोरा सम्झिएर पढ्नमा ध्यान दिनुपर्छ भनिरहनुहुन्थ्यो । मलाई केही त्यसको असर पनि परेको हुनुपर्छ ।  मेरो पढाइमा त्यसबेलादेखि नै बुबाको लगानी बढी थियो । २१ सालमा भूमिसुधार लागु भएपछि छोरालाई कर्मचारी बनाउनुपर्छ भन्ने बुबाको सोच आयो । त्यसका लागि पढ्नैपर्छ भन्ने थियो । गाउँमा सबै भारतीय र ब्रिटिश सेनाका जागिरे थिए ।  हाम्रो परिवारमा सबै लाहुरे बन्ने सपना हुन्थ्यो । मेरो ठूलो बुबा ब्रिटिश आर्मीका लागि गल्ला हुनुहुन्थ्यो । हाम्रो घर पहिलेदेखि नै सम्पन्न भएकाले पढ्नुपर्छ भन्ने थियो । मेरो दाइ म जन्मनुअघि नै बिफरले बित्नुभयो । नेपालमै केही गर्नुपर्छ बाहिर जानुहुँदैन भन्ने त्यसबेलादेखि नै परिवारलाई परेको हुुनुपर्छ, त्यसैले पनि मलाई पढेर नेपालमै जागिर खानुपर्छ भन्नुहुन्थ्यो, भर्ती हुनेबारेमा सोच्न पनि दिनुहुँदैनथ्यो ।”

अनि कोरोनाको डर लाग्दैन ? 

कोरोनाको डेढवर्षको अवधिमा धेरै व्यवसायी डुबे । कतिपय जुर्मुराउने अवस्थामा छन् । यस्तो बेलामा भाटभटेनीले कसरी काम गरिरहेको छ त ?

“सरकारको अलि व्यवस्थापन मिलेन । यतिधेरै कोरोनासँग आत्तिनुपर्ने अवस्था थिएन,” गुरुङ भन्छन्, “तर यसको अर्थ हेलचेक्य्राइँ गरेर अघि बढ्नुपर्छ भन्ने पनि होइन ।” 

गुरुङले कोरोनाका बेला सरकारलाई पनि सक्दो सहयोग गरे ।

कोरोनाका बेला संघीय सरकारलाई एक करोड र सातैवटा प्रदेश सरकारलाई २५–२५ लाख रुपैयाँ सहयोग गरे ।

“धन कमाउनेले दान गर्नुपर्‍यो । यो विकासकै लागि हो । यहाँ त कस्तो छ भने कमाएको पैसा बाहिर लैजान्छन् भन्ने पनि सुनेको छु,” उनले भने, “कमाएर विदेश लैजाने हो भने देशलाई कसले माया गर्छ त ? कमाएको पैसा यहीँ खर्च गर्नुपर्छ । त्यस्तो गर्नुहुँदैन । सबै मिलेर देश बनाऔँ ।”

सानो छोरा बिफरले बितेको भएर पनि हुनुपर्छ आमाको बिरामी र दुःखीप्रति सहयोगी मन थियो अनि गुरुङलाई आमाको भिन्नै खालको माया लाग्दथ्यो । 

सामाजिक सेवामा के ले प्रेरित गर्‍यो ?

आफूलाई पुगिसरी आएको अधिकतम् मान्छे समाज सेवाको नाममा आफ्नो सम्पत्तिको सानो हिस्सा दान गरेर सन्तुष्टि लिन्छन् ।

तर गुरूङको हकमा त्यो कुरा लागु हुँदैन । उनले गरेको सहयोगको लामै सूची बन्न सक्छ । उनमा समाज सेवाको भाव भने उनकी आमाको करुणा र पीडा भावले होला भन्ने अनुमान गुरूङ आफैँ गर्छन् । 

गुरूङका दाइ ६ वर्षका हुँदा विफरका कारण मृत्युवरण गर्न पुगे ।

सानो छोरा बिफरले बितेको भएर पनि हुनुपर्छ आमाको बिरामी र दुःखीप्रति सहयोगी मन थियो अनि गुरुङलाई आमाको भिन्नै खालको माया लाग्दथ्यो । 

“आमाले सानैदेखि नै पीडा पोख्नुहुन्थ्यो । ६ वर्षको छोरा बिफरले गुमाएको भएर पनि हुन सक्छ । त्यसमाथि पहिलो सन्तान । महामारीसँग डराएर हिँड्ने होइन भन्ने त्यसबेला नै परेको हो । त्यसैले पनि अहिलेको महामारीमा डराएर बस्ने होइन, जोगिएर काम गर्ने हो भन्ने साहस आयो । काकाकी एक छोरी (मेरी दिदी) पनि आउँमासीले बित्नुभयो । म त्यसबेला सानै थिएँ,” गुरुङले अहिलेको महामारीलाई त्यसबेलाको महामारीसँग तुलना गर्दै अघि बढे ।

अहिले पनि कोही पनि उपचार नपाएर मर्ने अवस्था नआओस् भन्ने मनमा गढेर बसेको गुरुङ बताउँछन् ।

“अहिलेसम्म १२ जना चिकित्सक पढाइसकेको छु । मूल कुरा नै त्यही हो – उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने नै मेरो उद्देश्य हो । काकाको छोरी बित्नुभएको मैले मेरै आँखाले देखेँ, मेरो दाइ सानैमा बित्नुभयो । पुत्र वियोगको पीडा मेरा बुबाआमालाई लामो समयसम्म पर्‍यो । अहिले पनि कति धेरैको संख्यामा कोरोनाले ज्यान लिएको छ,” उनले भने । 

परिवारमा परेको पीडाको कारणले पनि होला गुरुङ त्रिवि शिक्षण अस्पताललाई सहयोग गर्नेमध्येका अग्रणी हुन् ।

“त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सीको पुरानो भवन त छँदैछ त्यो केही समयअघि हामीले नै बनाएका हौँ । अहिले करिब १५ करोड लगानी गरेर अर्को भवन बनाउने काम भइरहेको छ,” उनले भने, “अस्पतालले मौका दियो भने अझै अरु पनि बनाइदिने योजना छ ।”

कोरोना कहरकै बीचमा त्रिवि शिक्षण अस्पतालमा नयाँ भवनको शिलान्यास गरिएको थियो । 

सधैं राम्रो काम गर्छु, नराम्रो गर्दिन भन्दा भन्दै पनि भाटभटेनी बेला बेलामा विवादमा आइरहन्छ । यसले गर्दा सर्वसाधारणको मनमा प्रश्न उठिरहन्छ । के भन्छन् त गुरूङ यस विषयमा ?

देशभरबाट उपचारका लागि सर्वसाधारण आउने अस्पताल त्रिवि शिक्षण अस्पताल नै भएको र त्यहाँ राम्रा चिकित्सकले उपचार गर्ने हुँदा पनि आफूले गरेको सहयोगको सकारात्मक असर तल्लो तहसम्म पुग्ने गुरुङको अनुभव छ ।

किन विवादमा परिरहन्छ भाटभटेनी ?

सधैं राम्रो काम गर्छु, नराम्रो गर्दिन भन्दा भन्दै पनि भाटभटेनी बेला बेलामा विवादमा आइरहन्छ । यसले गर्दा सर्वसाधारणको मनमा प्रश्न उठिरहन्छ । के भन्छन् त गुरूङ यस विषयमा ?

उनलाई नक्कली भ्याट बिलको आरोपले भने निक्कै पोल्ने रहेछ । 

गुरुङसहित केही व्यवसायीविरुद्ध नक्कली भ्याट बिलको मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । 

“देशको लागि निष्ठावान भएर काम गरेँ, अझै पनि धेरै गर्नुपर्छ भन्ने लाग्छ । मैले यहीँ कमाएँ, यहीँ खर्च गर्दैछु । भागेर विदेश जाने पनि होइन, सम्पत्ति विदेश लैजाने पनि होइन, तर बेला बेलामा सरकारी निकायले दुःख दिँदा यो देश सतीले नै सरापेको होइछ कि क्याहो भन्ने लाग्छ,” गुरुङको दुःखेसो छ, “म सरकारलाई कर बुझाउनुपर्छ छल्नुहुँदैन भनेर कतिपय ठाउँमा पढाउँदै पनि हिडेँ तर मलाई नै कर नबुझाएको आरोपमा मुद्दा लगाइयो । भ्याटको विषयमा मैले जोसँग सामान किनेको हो उसको गल्तीका कारण मविरुद्ध मुद्दा लगाइनु कतिसम्म जायज हो ?”

ललिता निवास प्रकरण 

अघिल्लो वर्ष ललिता निवास प्रकरण निकै चर्कियो । सरकारी जग्गा व्यक्तिको नाममा बनाइएको विषय लगातार उठ्यो, त्यो पनि प्रधानमन्त्री निवाससँगै जोडिएको जग्गा । 

त्यसमध्येका एकजना आरोपी हुन् गुरुङ । 

“बैंकबाट लोन लिएर व्यक्तिसँग किनेको जग्गा मैले नै सरकारको जग्गा हडपेँजस्तो गरी समाचार सार्वजनिक भए । म नै त्यसको मतियार बनेजस्तो गरियो । मैले त्यो जग्गा त कुनै व्यक्तिसँग किनेको हो नि !,” गुरुङ भन्छन्, “खोटाङबाट चारसय लिएर आएको व्यक्तिले मेहनतकै बलमा यति गरिसकें, नक्कली काम किन गर्नुपर्‍यो ? राम्रै काम गरे हुन्छ, र पुग्छ पनि ।”

दुईवटै विषयमा आफ्नो कुनै गल्ती नरहेको भन्दै गुरुङ भन्छन्–मैले गल्ती गरेँ भने र राष्ट्रको अहित हुने काम गरेँ भने मलाई टुँडिखेलमा लगेर फाँसी दिए हुन्छ । मैले देशविरुद्ध कुनै काम गरेको छैन, न त सरकारविरुद्ध नै गरेको छु । त्यो बेलामा मैले यहाँ गर्ने खर्च अर्को ठाउँमा पनि गर्न सक्थेँ । यो भन्दा धेरै राम्रो ठाउँमा जग्गा भेटिन्थ्यो । यहाँ सरकारको विवादित जग्गा भन्ने सुनेको भए मैले लगानी पनि गर्ने थिइनँ तर मैले सरकारको जग्गा व्यक्तिका नाममा ल्याउने काम त गरेको छैन । त्यसै बदनाम गरियो ।” 

कोरोना कहरकै बीचमा साढे ६ अर्ब लगानी गरेर स्टोर्स सञ्चालनको तयारी गरेको बताउँदै देशको नियम र कानुन मिचेर धनी बन्ने आकांक्षा आफूमा नरहेको बताए ।

उनले अहिले कोरोना कहरकै बीचमा साढे ६ अर्ब लगानी गरेर स्टोर्स सञ्चालनको तयारी गरेको बताउँदै देशको नियम र कानुन मिचेर धनी बन्ने आकांक्षा आफूमा नरहेको बताए ।

प्रचण्डको पैसा पनि भन्छन् नि ?

यो प्रोफाइलको माथिका प्याराग्राफ पढ्ने जो कोहीले पनि सहजै भन्नसक्छ भाटभटेनी कस्को आत्मामा बसेको छ । यदी अरु कसैको पैसामा यत्रो व्यापार चलाएको भए उनले यसरी मेहनत गर्नुपर्थ्यो र ? तथापि बजारमा आएको प्रश्नको उत्तर त खोज्नै पर्‍यो । 
“कतिपयले त यहाँ प्रचण्डको लगानी पनि छ भन्छन् । प्रचण्डकै पैसामा खोलेको पनि भन्छन् । तर ती सबै गलत कुरा र हल्ला हुन् । हामीलाई ऋण दिन र सहकार्य गर्न बैंक तयार छन् । अहिले पनि २० अर्ब रुपैयाँ ऋण तपाईँले लिइदिनुपर्‍यो भन्ने बैंकहरुको आग्रह छ । मलाई किन कुनै व्यक्तिको पैसा चाहिन्छ ?”

बैंकले किन पत्याउँछ त यसरी ?

“हाम्रो व्यवस्थापनमा बैंकलाई विश्वास छ । हाम्रो योजनामा उहाँहरु विश्वस्त हुनुहुन्छ । बैंकहरुको रोजाइमा म २–३ जनाभित्र पर्छु होला । हाम्रो पैसा लगेर भाटभटेनीले मिसयुज गर्दैन भन्ने परेको छ । यो व्यक्तिको रकम हो सबै नेपालमै रहन्छ भन्ने लागेर पनि बैंकले पत्याएका हुन सक्छन् ।”

मैले प्रचण्डलाई भनेँ पनि– भाटभटेनीमा तपाईँको पैसा छ भनेर विरोधीहरुले हल्ला गर्न थाले तपाईँले नै यसमा बोलिदिनुपर्‍यो ।”

अनि प्रचण्डको पैसाभन्दा चित्त दुखाइ छैन ?

“हामी एउटा कार्यक्रममा भेटेका थियौँ, मैले प्रचण्डलाई भनेँ पनि– भाटभटेनीमा तपाईँको पैसा छ भनेर विरोधीहरुले हल्ला गर्न थाले तपाईँले नै यसमा बोलिदिनुपर्‍यो ।”

प्रचण्डले आफ्नो राजनीतिक करिअर सिध्याउन बेला बेलामा यस्तो कुप्रचार गरिने गरेको प्रतिक्रिया दिएको गुरुङ सुनाउँछन् ।
“प्रचण्डको होइन भनेर धेरैपटक सार्वजनिक कार्यक्रममा पनि भनिसकेको छु,” उनले भने ।

भाटभटेनी र महिला रोजगारी

नेपालका हरेक कार्यालयहरूमा कति महिलाले रोजगारी पाएका छन् भनेर सयौं अध्ययन, अनुसन्धान र रिपोर्टहरू आइरहन्छन् । तर, भाटभटेनीको नाम खासै कसैले उल्लेख गरेको पाईंदैन । सम्भवतः धेरै रोजगारी दिने व्यवसायको नाम उल्लेख गर्दा अध्ययन गर्नेलाई केही फाइदा हुँदैन । तर भाटभटेनी खुल्ला रुपमा यस्तो संस्था हो जसमा नेपालभरीमै सबैभन्दा बढी महिलाले रोजगारी पाएका छन् । 

अबको केही सातामै खुल्न लागेको भाटभटेनीको सर्वोत्कृष्ट शाखा, इटहरीमा मात्रै करिब एक हजार युवतीले रोजगारी पाएको थाहा पाउन त्यहाँ वरिपरिको बासिन्दा हुनुपर्ला । 

भाटभटेनीमा ६ हजार रोजगार छन् र ति मध्ये ९५ प्रतिशत महिला छन् । त्यही भित्र पनि माथिल्लो पदमा क्रमशः महिलाले स्थान ओगट्दै जाँदै छन् । 

करिब २०० युवती हरेक दिन भाटभटेनीबाट निस्केर मार्केटिङ गर्न गइरहेका छन् । अझ यो स्टोर्स खुलेपछि महिला रोजगारी सयौं थपिनेमा कुनै शंका छैन । 

गुरूङका अनुसार अहिले भाटभटेनीमा ६ हजार रोजगार छन् र ति मध्ये ९५ प्रतिशत महिला छन् । त्यही भित्र पनि माथिल्लो पदमा क्रमशः महिलाले स्थान ओगट्दै जाँदै छन् । 

“मलाई यस्ता कुराले निकै खुसी दिने गर्छ,” गुरुङ भन्छन्, “मैले सबै नानीहरुलाई भाटभटेनीमा काम गर्न भनेर पढाइ नछाड्नू भनेको छु । यहाँ काम गर्दै पढ्दै गर्नू पनि भनेको छु । सबै नानीहरुले पढाइलाई निरन्तरता दिए भने भाटभटेनी आफैँ राम्रो हुन्छ । पढाइ बीचमै छाड्ने होइन ।”

भाटभटेनीको उडान अब कता ? 

“भाटभटेनीलाई मल्टिनेसनल कम्पनीमा रुपान्तरण गर्ने काम पनि हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने हो,” उनले भने, “नेपालको सरकारलाई ठगी गरेर केही हुनेवाला छैन, गर्दा पनि गर्ने छैन । सकेसम्म सरकारलाई सहयोग गर्ने हो । केही समयमा भाटभटेनीलाई पब्लिक लिमिटेड कम्पनी पनि बनाउने हो ।”

अहिले सुरु गरेका प्रोजेक्ट एकवर्षभित्र सञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि गुरुङ बताउँछन् ।

“सबै प्रदेश र ठूला सहरमा भाटभटेनीका शाखा सञ्चालन हुनेछन्,” उनी भन्छन्, “त्यसपछि सानो सानो सहरमा पनि पुग्छौँ । भाटभटेनीले समाजमा पनिरवर्तन पनि गरेको छ । नेपालमा १५० भन्दा बढी स्टोर बनाउने योजना छ । १० वर्षभित्र १५० पुर्‍याउने हो । प्रत्येक वर्ष १२ वटासम्म बनाउने लक्ष्य छ । ठूला स्टोर नै ५० वटा बनाउने लक्ष्य छ ।”

“म मालिक होइन कर्मचारीको सेवक हुँ । सेवा गर्न पाउने दायरा बढाउँदै जान पाए र देशको लागि केही गर्‍यो भन्ने भयो भने खुसी लाग्छ ।”

यत्रो ठूलो व्यवसायको संस्थापकलाई कस्तो लाग्छ ?

“म मालिक होइन कर्मचारीको सेवक हुँ । सेवा गर्न पाउने दायरा बढाउँदै जान पाए र देशको लागि केही गर्‍यो भन्ने भयो भने खुसी लाग्छ ।”

तस्बिर ः सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro