काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापतिहरुको भेटघाट पनि बाक्लिएको छ ।
नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले तत्काल तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न दबाब बढाएकै बेलामा सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले पनि दबाब बढाउने तयारी गरेका छन् ।
त्यसका लागि उनीहरु अहिले ललितपुरको समीट होटलमा भेला भएका छन् ।
उनीहरुले स्थानीय, प्रदेश र संघको निर्वाचनपछिमात्रै महाधिवेशन गर्न दबाब दिने तयारी गरेको एकजना नेताले जानकारी गराए ।
उनकाअनुसार अहिले महाधिवेशन गर्न सकिने अवस्था छैन । त्यसैले आम निर्वाचनको मुखैमा महाधिवेशन गर्न नसकिने हुँदा सबै निर्वाचन सकेरमात्रै महाधिवेशन गर्नेगरी तयारी थाल्न दबाब दिने तयारी गरेको जानकारी गराए ।
महाधिवेशनको सम्बन्धमा छलफल गर्न कांग्रेस सभापति देउवाको निवासमा आजै केन्द्रीय समिति बैठक बोलाइएको छ ।