site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धन कार्यदल भन्छ– न्यूनतम साझा कार्यक्रम भोलि टुङ्गो लाग्छ  
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक भोलि बस्ने गरि सकिएको छ । बालुवाटारमा आज बसेको बैठक सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने विषयमा केन्द्रित भएको थियो । 

“भोलि कस्नेगरी आजको बैठक सकिएको छ । न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल भयो । तर आज निष्कर्षमा पुग्न सकिएन,” कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले भने, “भोलिको बैठकमा यी सबै विषय टुङ्ग्याइने छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।

सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिनेदेखि सरकारका साझा कार्यक्रम दिन सकेका छैनन् ।

Global Ime bank

त्यसैले न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।

प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीको मात्रै आलोचना सुरु भएको छैन सत्ता गठबन्धनको समेत आलोचना बढेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC