site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका राजमाे सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । सर्वोच्च अदालतले  गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा (रजामाे) पार्टीका सांसद कृष्ण थापाको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । थापाले सांसद पद पुनर्बहालीकाे माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

सर्वोच्च अदातलका न्यायधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको सयुक्त इजलासले सांसद पद पुनःबहाली गर्न माग गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

Agni Group
NIC Asia

“थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानूनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाइएको देखिएको र निवेदकले उठाउनुभएको अन्य कानूनी प्रश्नको निरूपण पूर्ण सुनुवाइका अवस्थामा नै गर्नु मानसिक हुने प्रकृतिको देखिएको हुँदा अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन”, आदेशमा भनिएको छ ।

पार्टीकाे निर्देशन अनुसार कांग्रेस नेतृत्वकाे गठबन्धन लाई साथ नदिएपछि जनमाेर्चाले थापालई पार्टीबाट निकालेकाे थियाे । तर, त्यसविरुद्ध उनी सर्वाेच्च गएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu