site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा एक सातामा तीन शव फेला
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एक साताभित्र तीनवटा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार आइतबार विराटनगर–१६, दरैयामा युवकको शव फेला परेको छ । नेपाल–भारत सीमानजिकै उखुबारीमा मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन बाँकी छ ।

Agni Group
NIC Asia

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले कालो पाइन्ट र सेटो रङको गन्जी लगाएको करिब २५/३० वर्षीय पुरुषको शव फेला परेको जानकारी दिँदै भने, “नेपाल–भारत सीमानजिकै भेटिएको शव विषयमा अनुसन्धान सुरु गरिसकेका छौँ ।”

दशगजानजिकै नेपालतर्फ बेवारिसे अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न कोसी अस्पताल पठाएको जनाइएको छ ।

Global Ime bank

यसअघि, विराटनगर–५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको अवस्थामा मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपानेको शव पनि भेटिएको थियो । सोमबार साँझको त्यो घटनाको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग क्षेत्रमा न्यौपानेलाई कुनै सवारीसाधनले ठक्कर दिएर घाइते बनाई भागेको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार न्यौपाने आफ्नै को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका थिए ।

विराटनगर–११, महेन्द्रचोकनकिजैको स्वस्तिक होटेलबाहिर पनि करिब ४० वर्षीय पुरुषको शव फेला परेको थियो । गएको मंगलबार फेला परेको सो शवको समेत अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’का डीएसपी दीपक कार्कीले बताएका छन् । टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।

पछिल्लो समय विराटनगर क्षेत्रभित्र अपराधका घटनाहरु दैनिक रुपमा बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय