अर्थ व्यवसाय
काठमाडौं । नेपालकै पहिलो रोटरी ‘ई–क्लब’को अध्यक्षमा अरविन्द्रकुमार महर्जनको अध्यक्षतामा नयाँ निर्देशक परिषद् गठन गरिएको छ ।
रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर सन्तोषप्रसाद रिजालले अध्यक्ष महजर्नलाइ पदभार ग्रहण गराए । परिषद्मा वर्ष २०२०–२०२१ का अध्यक्ष सुरज महर्जन, वर्ष २०२२–२०२३ का अध्यक्ष रोशन महर्जन, वर्ष २०२३–२०२४ का अध्यक्ष राज श्रेष्ठ रहेका छन् ।
यस्तै, उपाध्यक्षमा रविनमान बज्राचार्य, सचिवमा युगल बज्राचार्य कोषाध्यक्षमा सन्जीव उदास, निर्देशकमा दीपेन्द्र तन्डुकार, निरन्जन श्रेष्ठ, सुनील डंगोल, महेश बज्राचार्य, रवीन्द्र महर्जन, कन्चन तामाङ र अनिल श्रेष्ठ चयन भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १२:४५
प्रतिक्रिया दिनुहोस्