site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवालाई माधव नेपालले भने– हामी साथमै छौँ, जनतालाई आशा जगाउने काम गर्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन् ।

नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पहिलो निर्णय सही छ । जनता निराश छन्,आशा जगाउने हो । चिन्ताले नछोड्नुस्,” नेपालको भनाइ उद्धृत गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले भने ।

नेकपा एमालेका सांसद विरोध खतिवडाले भने दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

Global Ime bank

उनले आफूहरुले रिटमा नै पूर्ण संसदका लागि माग गरेको भन्दै विश्वासको मत दिने कि नदिने भन्ने त्यसमै उल्लेख गरिएको बताए ।
उनले आफूहरुले देउवालाई विश्वासको मत दिन तयार रहेको संकेत पनि गरे ।

“रिटमा जे माग गरेका छौँ त्यो पूरा भएको छैन । यो संसदलाई पूरा कार्यकाल चल्न दिन वैकल्पिक सरकार खोजेको हो,” उनले भने, “त्यसका लागि गठबन्धन जन्मिएको हो । गठबन्धनले संसद्को पूर्ण आयुका लागि काम गर्नेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय