देश
काठमाडौं । स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दामोदर रेग्मीसहित नेपाल सरकारका चारजना सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. रेग्मीसहित ४ जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे तथा प्राविधिकतर्फ डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८ १२:३४
प्रतिक्रिया दिनुहोस्