site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भोलिदेखि पठाओ र टुटल सेवा सञ्चालनमा आउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । भोलि (असार ८) गते मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आउने भएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने बताइएको छ ।

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन्  ।

पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागु गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइने जानकारी दिइन् । उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन गरिनेबारे छलफल भइरहेको छ ।

Global Ime bank

टुटल सेवा पनि सञ्चालन गरिने टुटल कम्पनीले जनाएको छ । सरकारले कोरोना महामारी रोकथाम गर्न निजी सार्वजनिक सवारी साधन वैशाख १६ गतेदेखि सञ्चालनमा छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय