देश
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भारी वर्षा आएसँगै चिनियाँ क्षेत्रमा पहिरो जाँदा तामाकोशीको बहावमा उल्लेख्य मात्रामा घटेको वा नबढेको हुँदा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्राप्त सूचनाअनुसार नेपाल चीन सीमा क्षेत्रमा भारी वर्षा भएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।
“हाल तामाकोशी जलविद्युतको बाँधसमेत खाली गरिएको र चीनमा पहिरो हटाउने कार्य सुरु भएको जानकारी आएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाई राखौँ,” सूचनामा भनिएको छ ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८ ०३:१५
प्रतिक्रिया दिनुहोस्