site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरको नगरसभा दुई दिनका लागि स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा महानगरको नीति–तथा कार्यक्रम सार्वजनिक गरका थिए ।

तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति तथा कार्यक्रमबारे अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘काठमाडौं महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरू अनुपस्थित रहनुभयो,” मेयर शाक्यले भने, ‘‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रूपमा नीति–तथा कार्यक्रम पारित गर्ने विगतको परम्परा अनुसार हिजोको बैठक स्थगन गरेर आजलाई राखेका थियौँ । मैले हिजो नै उपमेयरलगायत अन्य साथीहरूसँग पनि छलफल गरेँ ।  आज बिहान पनि उपमेयरलगायतका नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूसँग छलफल भयो । उहाँहरूले नीति–तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो । त्यही अनुसार आज बैठक बसेर आइतबार ११ बजे सभागृहमै नीति–तथा कार्यक्रममाथिको छलफल गर्ने तय भएको ।”

प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको बताए ।  ‘‘विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति–कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्छौँ,” उनले भने, ‘‘विगतका वर्षमा पनि हामी सर्वसहमतिमा अघि बढेको छौँ । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरूको सझुावलाई सकारात्मक रूपमा लिएको छुु ।”

Global Ime bank

शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवाजस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC