site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
४० लाख ठगी गरेको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बैतडी । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२, सिलंगाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बिमा भरेमा अनुदान दिन्छु भनी ठगी गरेको भन्दै स्थानीयवासीले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताए । विकले सिटिजन लाइफ इन्स्योरेन्समा बिमा भरिदिन्छु भन्दै स्थानीयवासीहरुबाट रकम संकलन गरेर ठगी गरेको पाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “महेन्द्रनगरबाट २५ लाख रुपैयाँ र बैतडीबाट १५ देखि २० लाख रुपैयाँ रकम संकलन गरेर स्थानीयवासीलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियन्त्रणमा रहेका विकमाथि आज मुद्दा दायर हुन्छ  ।” सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन् । उनले थपे, “एक वर्षदेखि बिमाको एजेन्ट भनी ठग्दै हिँडेको रहेछ, पछिल्लो चार महिनादेखि प्रहरीले खोजी गरिरहेको थियो ।”

कमलराम बिमाको एजेन्ट भए पनि उनीमाथि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ । स्थानीयवासीबाट बिमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कमलले ठगी गरेको भन्ने ६० जनाजति सम्पर्कमा आएको शाहीको भनाइ छ ।

Global Ime bank

कमलराम विकसँगै दुईजना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र उनीहरु फरार रहेकोले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC