site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञाको तयारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञा लगाएर जनजीवन केही सहज बनाइने भएको छ । यसका लागि विभिन्न निकायबीच अनौपचारिक छलफल जारी छ ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । जेठ मसान्तसम्म जारी निषेधाज्ञामा खाद्यान्न र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो दुई सातायता उपत्यकामा संक्रमण र मृत्युदरमा पनि कमी आएको छ । असारमा कर संकलन गर्ने महिना भएकाले पनि आंशिक निषेधाज्ञा लागु हुन सक्ने कतिपयको बुझाइ छ ।

सुरक्षा अधिकारीहरु भन्छन्, “अहिलेकै अवस्था हेर्दा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । यस्तोमा ट्याक्सी, निजी सवारी–साधन पनि चल्न सक्छन् । अब सुरक्षित हिसाबले जनजीवन सहज बनाउनतर्फ केन्द्रित हुन जरुरी छ ।”

Global Ime bank

अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको सुरक्षा अधिकारीहरुको तर्क छ । पूर्ण रुपमा निषेधाज्ञा खोल्दा स्थिति नियन्त्रणबाहिर पनि जान सक्ने भएकाले अहिल्यै पूर्ण खुला गर्न नहुने उनीहरु बताउँछन् । तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

शनिबारसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २२ हजार ४४ छ । काठमाडौंमा मात्रै १३ हजार १५९ सक्रिय संक्रमित छन् । ललितपुरमा पाँच हजार ११८ र भक्तपुरमा तीन हजार ७६७ सक्रिय संक्रमित छन् । पछिल्लो समय दैनिक नयाँ संक्रमितको संख्याको तुलनामा निको हुनेको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेकाले त्यसबारे थप छलफल नभएको बताउँछन् । असार त कर संकलन गर्ने समय हो नि यस्तोमा कसरी कर तिर्ने ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “हामीले कोरोनाको दर हेर्छौँ । संक्रमण हेरेरै निर्णय लिन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement