site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधाज्ञा उल्लंघन गर्ने २८ सय सवारी नियन्त्रणमा
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको क्रममा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ९ वटा  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ७ सय ९८ वटा गाडी र २ हजार ११ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ५९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५१ हजार ७ सय ७५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ५३ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, ०७८ अनुसार जम्मा ४१ हजार ४ सय रुपैयाँ जरिबाना गरिएको छ । सो क्रममा ३ हजार ४ सय ८ जनालाई रोकी सम्झाई बुझाइ छाडिएको छ ।

साथै देशभर सञ्चालित ८४ वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ६६ जनालाई सचेत गराइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC