राजनीति
काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ । आज दिउँसो उनीहरुले उपप्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गरेका हुन् ।
पार्टी एकता जोगाउने विषयमा छलफल भएको बताइएको छ । एमालेले आज अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ ।
आफूहरु नेताहरुसँग संवादमा नै रहेको नेता सुवास नेम्वाङले जानकारी दिए । विभन्न नेताहरुसँग पार्टी एकता जोगाउने विषयमा छलफल चलिरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १५:५४
प्रतिक्रिया दिनुहोस्