site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
प्रदेश १ मा ७८१ कोरोना संक्रमणमुक्त, ६६३ संक्रमित थपिए
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा मंगलबार ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५,  उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४,  सुन्दरहरैचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३–३, बेलबारी र सुनबर्षीमा २–२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५, सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र  स्थानीय तह नखुलेका ६, झापाको भद्रपुरमा ६३ जनामा संक्रमण देखिएकाे छ ।

यस्तै विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८–८, कचनकवल र अर्जुनधारामा ५–५, बाह्रदशी र कनकाईमा ४–४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

Global Ime bank

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका ३,  इलामको चुलाचुलीमा ३, इलामनगरपालिका, रोङ र सूर्योदयमा १–१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २, सोलुखुम्वुमा १ , संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५८ हजार ७४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ४९४ पुगेको छ । प्रदेश १ मा मंगलबार १ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २६८ महिला र ३९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC