site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुखले बोलाए पूर्वसभामुखको बैठक : नेम्वाङ सहभागी नहुने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखको बैठक डाकेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सभामुखको भूमिकाका विषयमा छलफल गर्न  सापकोटाले आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरुलाई बोलाएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले समसमायिक विषयमा छलफल गर्न सभामुखले पूर्वसभामुखहरुको बैठक डाकेको जानकारी दिए । “सभामुखज्यूले सशरीर उपस्थित हुने गरी दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक डाक्नुभएको छ,” न्यौपानेले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले केही पूर्वसभामुख उपत्यकाबाहिर रहेकाले भर्चुअल्ली सहभागी हुने इच्छा जाहेर गरेको भन्दै त्यसबारे सभामुख स्वयंले निर्णय लिने बताए ।

पूर्वसभामुख तारानाथ रानाभाटले आफू पोखरामा रहेकाले भर्चुअल बैठक भए मात्र सहभागी हुन सक्ने बताए ।

Global Ime bank

नेम्वाङ सहभागी नहुने 
पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ भने बैठकमा नजाने भएका छन् । उनले ढिला गरी खबर आएको र आफ्नो अर्कै कार्यसूची बनिसकेकाले आजको बैठकमा सहभागी नहुने बताए ।

“बैठकबारे ढिला गरी सूचना आयो, मेरो अर्कै कार्यसूची बनिसकेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको छु,” नेम्वाङले भने, “मैले अर्को दिन तपाईँसँग छुट्टै बसौँला भनेर सभामुखलाई भनेको छु ।”

सभामुख सापकोटा र नेम्वाङका बीच सुमधुर सम्बन्ध छैन । नेम्वाङलाई प्रधानमन्त्रीको कदममा मतियारको भूमिकामा काम गरेको आरोप लाग्दै आएको छ भने सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध सुमधुर हुन नसकेको विषय प्रधानमन्त्रीले भाषणमा नै बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement