site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब अभिनेत्री एन्जेलिना १८ मिनेटसम्म मौरीले छोपिइन् 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली १८ मिनेटसम्म मौरीले छोपिएर बसिन् । हालै एउटा म्यागजिन कभरका लागि फोटोसुट गराउन उनले यसो गरेकी हुन् ।

अभिनेत्री जोलीले नेसनल जियोग्राफिक म्यागजिनका लागि यो फोटोसुट गराएकी हुन् । विश्व मौरी दिवसको उपलक्ष्यमा मौरी संरक्षणको पहललाई प्रमोट गर्न उनको यो सुट गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

फोटोसुटमा अभिनेत्रीको हात, काँध र अनुहारभरि मौरी हुन्छ । तर, उनी केही नभएको जस्तो क्यामेरामा हेरेर पोज दिइरहेकी हुन्छिन् । मौरीले अभिनेत्री र सेटमा भएका कसैलाई पनि हानि नगरोस् भन्नेमा फोटोग्राफर ड्यान विन्टर सावधान थिए । सुटका लागि इटालियन मौरीहरु ल्याइएको थियो र अभिनेत्री जोली १८ मिनेटसम्म नहल्ली उभिएकी थिइन् ।

फोटोग्राफर ड्यानले भने, “लामो समय बिकिपरको अनुभव भएका कारण मलाई जब यो कार्यभार दिइयो, मेरो पहिलो चिन्ता भनेकै सुरक्षा थियो । महामारीको बेला एन्जेलिनासँग काम गर्दा जीवित मौरीले सुट अझै जटिल बनायो । मलाई थाहा थियो, यो जटिलताबीच पनि राम्रो फोटो निकाल्नका लागि ४० वर्षअघि अभेडोनले प्रयोग गरेको ‘द बिकिपर’को आइकोनिक पोट्रेटको शैली फलो गर्नुपर्छ । मलाई लाग्छ, विश्व मौरी दिवसमा हाम्रो यो उपहार फोटोग्राफीको इतिहासको जरा बनेर बस्नेछ ।”

Royal Enfield Island Ad

नेसनल जियोग्राफिकका अनुसार युनेस्कोले लञ्च गरेको पाँच वर्षीय प्रोजेक्टका लागि अभिनेत्री जोलीले सम्झौता गरेकी छन् । जसपश्चात् जियोग्राफिकले उनलाई मौरीहरुका महिलामा ‘हजुरआमा’को नाम दिएको छ ।

युनेस्कोको यो पहलबारे ४५ वर्षीया अभिनेत्री जोली भन्छिन्, “विश्वमा भइरहेका यी सबैबारे चिन्तित भइरहँदा यो (मौरी संरक्षण) एउटा मुद्दा हो, जुन हामीले व्यवस्थापन गर्न सक्छौँ । हामी सबैले आफ्नो–आफ्नो तवरबाट सक्दो गर्न सक्छौँ ।” इन्डियन एक्सप्रेसबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro