site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा भारतीय भेरियन्टको कोरोना, सबै उमेरसमूहमा धेरै संक्रामक 

काठमाडौं । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार यो भाइरस भारतीय डबल म्युटेन्ट हो । 

Dabur Nepal
NIC Asia

नेपालमा अहिले फैलिरहेको भाइरस भारतीय डबल म्युटेन्ट नै हो भने केही यूके भेरियन्ट रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएको थियो ।

मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म तीन किसिमका भाइरस रहेको पुष्टि भएको छ ।

“विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेबार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गराउन भूमिका बढाउन सबैको जानकारी लागि विनम्र अपिल गर्दछौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro