देश

काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा आतंककारी हमलामा नेपाली युवक सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार (वैशाख १३) नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो ।
आतंकवादी हमलामा परेर रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जनाले ज्यान गुमाएका थिए । उक्त घटनाको विरोधमा आतंकवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरिएको हो ।
उनीहरूले ‘हिन्दुको हत्या बन्द गर’, ‘पाकिस्तानी सेना मुर्दावाद’, ‘आतंकवाद मुर्दावाद’, ‘आतंककारीलाई कारबाही गर’, ‘मानवताको रक्षा गर’लगायत नारा लगाएका थिए । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ १४:२०
प्रतिक्रिया दिनुहोस्