खेल
![पूर्व प्रशिक्षक तामाङको कोरोना संक्रमणबाट मृत्यु](https://12khari.top/uploads/posts/sahara club1621327175.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी तथा सहारा एकेडेमी पूर्व प्रशिक्षक बिल तामाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सहारा क्लब पोखराले उनको कोरोना संक्रमणका कारण निधन भएको बताएको छ । उनी सहारा हङकङका उपाध्यक्ष पनि थिए । सहारा क्लबले मंगलबार एक विज्ञप्ति निकाल्दै उनको निधन भएको पुष्टि गरेको छ ।
“सहारा हङकङलाई स्थापना कालदेखि नै अगाडि बढ्न र क्लबको प्रगतिमा वहाको महत्वपूर्ण योगदान छ । यस दुःखद घडीमा मृत आत्मप्रति चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि भगवानसँग प्राथना गर्दछौं,” विज्ञप्तिमा लेखिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ १४:२३
प्रतिक्रिया दिनुहोस्