site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमण भइ २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणा समेत डिस्चार्ज भएका हुन् ।

कोमललाई अक्सिजनको हाई फ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेरसमेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उनको उपचार गरिएको थियो । निरन्तरको उपचारले अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय