site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । 

नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिइ कुटपिट गरेको डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ । 

मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो । 

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए । 

झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मूकश्मिर पुली, क्राइम ब्रान्च, सीआरपीएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । घटनामा आबद्ध दुईजनालाई पक्राउ गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro