site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले बढायो सैन्य कारबाही
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जेरुसलेम । इजरायली सेनाले प्यालेस्टाइनको गाजा पट्टीमा विद्रोही समूह हमास लक्षित आक्रमणहरु बढाएको छ । सेनाले शुक्रबार गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण बढाएको इजरायली सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, रुसलगायतले शान्ति कायम राख्न अपिल गरेका छन् । यसका बाबजुद दुबै पक्षले आक्रमण नरोकेको अन्तर्राष्ट्रिय सन्चामाध्यमले जनाएका छन् । बीबीसीका अनुसार आक्रमणमा परी गाजा क्षेत्रमा १०० र इजरायलमा ७ जनाले ज्यान गुमाएका छन् भने अलजजिराका अनुसार ३१ बालबालिकासहित ११३ प्यालेस्टिनी, ६ इजरायली र एक भारतीय नागरिकले ज्यान गुमाएका छन् । तर, इजरायली अधिकारीहरुले भने मारिनेहरु विद्रोही रहेका दाबी गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैबीच, इजरायलका विभिन्न क्षेत्रमा यहुदी र इजरायली अरबहरुबीच झडपका घटनाहरु पनि बढेका छन् । झडपमा संलग्न कम्तिमा ४०० जनालाई इजरायली प्रहरीले पक्राउ गरेको छ । गत सोमबारदेखि इजरायल र हमासबीच भड्केको हिंसाले उग्र रुप लिँदा इजरायलले गाजापट्टीमा र हमासले इजरायलका विभिन्न स्थानमा आक्रमण गर्ने क्रम रोकिएको छैन । लडाइँ रोक्न अन्तर्राष्ट्रिय समुदायले गरेको कूटनीतिक प्रयासले कुनै प्रभाव पारेको छैन ।

उत्तरी इजरायलको समुन्द्रि तटमा लेबनानबाट समेत तीन रकेट आक्रमण भएको इजरायली रक्षा बलले जनाएको छ । आक्रमणको जिम्मेवारी कुनै संगठनले लिएके छैन । लेबनानमा हेजबोल्लाह लगायत अन्य दर्जनौं आतंकवादी संगठन सक्रिय छन् । आक्रमण बढेपछि इजरायलमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।

Royal Enfield Island Ad

जेरुसलेमको विवादित अल–अक्सा मस्जिदमा सैन्य कारबाही कम गर्न इजरायललाई अन्तर्राष्ट्रिय समुदायले दबाब दिए हमास युद्धविरामका लागि तयार रहेको सो समूहका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro