देश
काठमाडौं । नेपाल चिकित्सक संघले अहिले कोरोना संक्रमणको यो अवधिमा राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गर्न आग्रह गरेको छ ।
“आज फेरि पनि केही आशा गरेर यो विन्ती गर्दैछौँ । अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने,” जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष डा. लोचन कार्की र महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा नेपाल चिकित्सक संघ देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आआफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपिल गरिएको छ ।
यस्तो छ विज्ञप्ति
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८ १८:२५
प्रतिक्रिया दिनुहोस्