site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्युटावर हेर्न गएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

कञ्चनपुर । मनाङको चामेबाट हराएका कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन् । 

भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका थिए । त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका थिए । भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउँछन् । 

Dabur Nepal
NIC Asia

राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठेको थिएन । त्यसपछि उनको मोबाइल  ‘स्वीचअफ’ भएको थियो । 

सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताए । 

“दाजु सम्पर्कविहीन भएको खबर पाएपछि घरका चारजना सदस्य मनाङको चामे पुग्यौँ”, विष्णुले भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौं, फेला नपरेपछि निराश भएर घर फर्क्यौँ ।”

अहिले पन्त परिवारमा तनाव छ । “दाजु फर्केर आउने विश्वासमा छौँ,” विष्णुले भने, “दाजु सम्पर्कविहीन भएको ५४ दिन बितिसक्यो, अत्तोपत्तो छैन, फर्केर आउने आश छ ।” 

केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर पुनः गएको तर नभेटेपछि निराश हुँदै फर्कनुपरेको उनले बताए । 

उनका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकोप्टरको सहायताले खोजतलास गरे पनि तारणी फेला परेका छैनन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro