site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सङ्क्रमितको घरमै मेयर
Sarbottam CementSarbottam Cement

सप्तरी । कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथालेको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गरेको हो । 

होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्य गरी नगरप्रमुख मिश्रले हेल्थ किटसमेत वितरण गरेको नगरपालिकाका प्रवक्तासमेत रहेका  वडाध्यक्ष राजकुमार साहले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नगरप्रमुख मिश्र, प्रवक्ता साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, स्वास्थ्य शाखाका सुरेन्द्रप्रसाद यादव, विपिन झा, मुरारी कटुवालसहित सङ्क्रमितको घरमा मङ्गलबार र आज पुगेको टोलीले विभिन्न किसिमका परामर्श प्रदान गर्नाका साथै अन्य सहयोगका विषयमा पनि छलफल गरेको छ ।

प्रवक्ता साहका अनुसार वडा नं ८ का १७ र वडा नं ९ का तीनजना होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित व्यक्तिलाई हेल्थ किट वितरण गरिएको छ । हेल्थ किटमा रु एक हजार बराबरको औषधि रहेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य शाखाले सचेत भई काम गरिरहेको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत यादवको भनाइ छ ।

Global Ime bank

जिल्लामा सबैभन्दा पहिले ३० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न सक्दो सहयोग गर्ने नगरप्रमुख मिश्रले बताए । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको नगरप्रमुख मिश्रको भनाइ छ ।

कोरोना प्रकोपको विषम परिस्थितिमा कठिन समय बिताइरहेका सङ्क्रमितले आफ्नो आँगनमा जनप्रतिनिधि देख्दा निकै खुशी व्यक्त गरेका छन् । जनप्रतिनिधिले ल्याएको सहयोगभन्दा पनि उनीहरूको उपस्थितिले निकै ठूलो हौसला मिलेको अनुभव एक सङ्क्रमितले सुनाए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC