बाह्रखरी
भर्खरै
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अभाव र तनावबीच आशावादी रंगकर्मी
KNP nepal
KNP nepal
वर्षा महर्जन
बाह्रखरी - वर्षा महर्जन शुक्रबार, वैशाख २४, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोरोना संक्रमणका कारण गत वर्ष बन्द हुने पहिलो क्षेत्रमा नाटकघर थियो । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर, नाटकघर र हल सञ्चालकले भने त्यसको केही दिनअघि नै बन्द गर्ने निर्देशन पाइसकेका थिए ।

करिब एक वर्षपछि माघ–फागुनदेखि नाटकघरमा चहलपहल हुन थाल्यो । टेकुस्थित कौसी थिएटरमा फेब्रुअरी १४ अर्थात् प्रणय दिवसको मौका छोपी प्रत्यक्ष दर्शकको उपस्थितिमा ‘प्लेब्याक थिएटर’ भयो । अभिनयको कक्षाहरु सञ्चालन भए । तर, कोरोनाको दोस्रो लहरसँगै फेरि एकपटक अनिश्चितकालका लागि देशभरका नाटकघरहरुमा ताला लाग्यो ।

“करिब एक वर्ष बन्द भएर जनवरीदेखि डराएरै भए पनि हाम्रो काम अघि बढिसकेको थियो । तर, दुई महिना राम्रोसँग सञ्चालन हुन नपाउँदै फेरि बन्द हुन पुग्यो,” कौसीका निर्देशक आकांक्षा कार्की भन्छिन्, “अब त निराश भइसकेँ । किनभने, अझै कति दिनसम्म बन्द गर्नुपर्ने हो केही थाहा छैन ।”

Duber nepal

Agani Group

पोहोर बन्द हुँदा खुलेपछि फेरि पहिलेभन्दा बढी लगनका साथ काम गर्नुपर्छ भन्ने उत्साह थियो, उनमा । तर, दोस्रोपटक पनि अनिश्चितकालका लागि बन्द हुँदा उनी निराश छिन् । एकल लगानीमा नाटकघर सञ्चालन गरेर कौसीलाई चिनाउन संघर्ष गर्दाका दिनमा भन्दा बढी अहिले आफू हताश भएको उनी बताउँछिन् ।

यता, शैली थिएटरका सदस्यको पनि आफ्नै पीडा छ । वर्षौँसम्म अरुको नाटकघरमा कला प्रस्तुत गर्दै आएका शैलीका सदस्यले सन् २०१९ देखि आफ्नै नाटकघर सञ्चालनमा ल्याए । नियमित नाटक मञ्चन सुरु गरे ।

तर, नाटकघरलाई राम्रोसँग चिनाउन नपाउँदै कोरोना फैलियो र बन्द गर्नुप¥यो । “हामीलाई त भूतले खाना खाने टाइममा खोलेको जस्तै भयो । आफूलाई चिनाउन लागिरहँदा बीचमै कोरोना आयो र त्यसपछि लामो बन्दपछि फेरि हामी नाटकघरमा फर्किसकेका थियौँ । फेरि, दोस्रो लहर सुरु भएर तनाव भएको छ,” शैलीका निर्देशक नवराज बुढाथोकीले दुखेसो पोखे ।

कोरोनाको डर कम भएसँगै शैलीको टिम कचहरी नाटक र अभिनय कक्षा लिएर विभिन्न सहर पुगेको थियो र शैलीमा नाटक मञ्चन गर्ने तयारी पनि चलिरहेको थियो । तर, अब फेरि रंगकर्मीहरु आ–आफ्नो घरमा बन्द भएका छन् । निर्देशक बुढाथोकीलाई रंगकर्मी र नाटकघरको बढ्दो भाडाको चिन्ता छ । यद्यपि, उनी आत्तिएका छैनन् । आशा कायमै छ ।

अर्का रंगकर्मी÷कलाकार अंकित खड्का भने अब निराश हुन छोडिसकेको बताउँछन् । “सुरुमा पो एक्कासि आएको थियो र एक्कासि लामो समय आफ्नो कर्मबाट टाढा बस्नुपर्दा धेरै आकुलव्याकुल भएको थिएँ । तर, अब त फेरि बन्द हुँदै छ भन्ने गाइँगुइँ पहिले नै सुनिरहेको भएर अहिले मलाई त्यति हताश महसुस भइरहेको छैन,” उनले सुनाए ।

उनका अनुसार अरु साथीहरु पनि मानसिक रुपमा यसका लागि तयार भइसकेका थिए । त्यसैले अघिल्लो लकडाउनजस्तो के गर्ने, कसरी अघि बढ्ने भन्ने चिन्ता र तनाव अहिले उनीहरुले पनि त्यति महसुस नगरेको उनको बुझाइ छ ।

अघिल्लोपटक कोरोनाअघिको समय उनको करियरको ‘पिक आवर’ थियो । तर, कोरोनाले पाइपलानमा भएका सबै काम पाइपलाइनमा सीमित भयो । “एक वर्ष त बाँचियो जसोतसो । त्यसैले यो समय पनि त्यसैगरी पार भइहाल्छ नि भन्ने सकारात्मकता मनमा छ,” उनले भने ।

अघिल्लो लकडाउनमा उनीसँग कुरा गर्दा कति सहकर्मी यो क्षेत्रबाट पलायन हुने डर रहेको उनले सुनाएका थिए । तर, योपटक उनी आशावादी सुनिए । “साथीहरु विकल्प खोज्नतिर लागिसकेका थिए । त्यसैले अब पनि यसरी नै लम्बिएमा उनीहरुले क्षणिक विकल्प खोजिसकेका छन् ।”

निर्देशक विमल सुवेदी कोरोना कहरमा थिएटर आर्टिस्ट ठूलो अभावमा गुज्रिरहेको बताउँछन् । सामान्य समयमा पनि मुस्किलले सर्भाइभ मात्रै हुने गरेका रगंकर्मीहरु वर्ष दिनभन्दा लामो समयदेखि कामविहीन हुँदा समस्या झन् थपिएको उनको भनाइ छ  ।

उनी पनि अन्य रंगकर्मीहरुजस्तै नाटकबाहेक अरु पेसा, व्यवसाय पनि सँगै गर्नुपर्ने अवस्था रहेको बताउँछन् । “केहीलाई छोड्ने हो भने नेपालमा मात्रै होइन, लगभग विश्वभरि नै नाटक गर्नेहरुले सँगसँगै अरु पनि केही न केही गरिरहेका हुन्छन्,” विमल भन्छन्, “म स्वयम् पनि यसैबाट जिन्दगी चलाउँछु भनेर होमिएको हुँ । तर, समयले सिकाउँदै लग्यो, अहिले थिएटरसँगै पढाउने काम पनि गर्छु ।”

कोरोना महामारी सकिनेबित्तिकै रातारात अरु पेसा, व्यवसायजस्तो थिएटर पुरानै लयमा नफर्कने भएकाले अझै लामो समय रंगकर्मीहरुले आर्थिक अभाव झेल्नुपर्ने उनी बताउँछन् । “कति साथीहरु त पेसा परिवर्तन नै गर्ने मनस्थितिमा पनि पुग्नुहुन्छ होला । तर, कति भने नयाँ फर्मबाट थिएटरमा फर्किन पनि सक्नुहुन्छ ।”

रंगकर्मी आकांक्षा पनि चिन्तित छन् । “यदि, मैले अरु नै जागिर खाएको भए आज त्यसको सेभिङले यो अप्ठ्यारो समयमा थोरै भए पनि सहयोग गर्न सक्थेँ होला । तर, आफूले जानेदेखि नै यही रंगकर्ममा मात्रै लागियो । अहिले न सेभिङ छ न त आफ्नो क्षमता देखाउन मिल्ने समय नै छ,” उनले पीडा पोखिन् ।

हुन त लकडाउनको समयमा सबै थिएटरहरु नयाँ विकल्पको रुपमा अनलाइनमार्फत प्रस्तुत भए । तर, आकांक्षा यसलाई ‘घाउमा टेप लगाउनुजस्तो’ मात्रै भएको बताउँछिन् । “भर्चुअल रुपमा आउनु भनेको क्षणिक मात्रै हो । यसले न आर्थिक भार कम गर्छ न त नाटकघरको मर्मलाई नै बुझ्छ । त्यो भनेको झिनो आशा र इंगेज भइराख्ने माध्यम मात्रै हो ।”

निराशाबीच पनि उनमा आशा भने मरेको छैन । विश्व थिएटरको इतिहास केलाउने हो भने ठूला विपद्मा धेरैपटक नाटकघरहरु लामो समय बन्द भएका थिए । तर, सय वर्षपछि पनि पुनः ब्युँतिरहे ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख २४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्