
काठमाडौं । अमेरिकी सिनेटमा घण्टौँको गतिरोध, संघर्ष र रस्साकसीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी विधेयक झिनो मतले पारित भएको छ । यो सँगै विधेयकले एक प्रमुख अवरोध पार गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी सिनेटमा २४ घण्टाभन्दा बढीको बहसपछि यो विधेयक पारित भएको हो । तर, सत्तारुढ रिपब्लिकन पार्टीभित्र फुट देखियो । यो विधेयक ‘वन बिग ब्युटिफुल बिल एक्ट’को मतदानमा पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति जेडी भान्सले ‘टाई–ब्रेकिङ’ मत दिँदा पारित भएको हो ।
यो विधेयक अब तल्लो सदन कंग्रेसमा फर्किनेछ, जहाँ यसले अझै विरोधको सामना गर्नुपर्ने समाचारमा उल्लेख छ ।
यसअघि तल्लो सदन कंग्रेसमा रिपब्लिकनहरूले यो विधेयकलाई एक मतको झिनो अन्तरले पारित गरेका थिए ।
ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई यो विधेयकको अन्तिम संशोधनलाई ४ जुलाईसम्म कानुनमा हस्ताक्षर गर्न पठाउन समयसीमा दिएका छन् ।
“संशोधनसहितको विधेयक पारित भएको छ,” भान्सले मंगलबार भने, जुन क्षणमा सिनेट रिपब्लिकनहरूले ताली बजाए । डेमोक्र्याटहरू निराश हुँदै आफ्नो सिटमा बसे र टाउको हल्लाए ।
घाटा, सामाजिक कार्यक्रमहरू र खर्चको स्तरमा विवादले रिपब्लिकनहरूलाई चुनौती दिएको थियो । यसैले अवरोध ल्यायो ।
पार्टी एकजुट गर्ने प्रयासका बाबजुद तीन रिपब्लिकन सिनेटर मेनकी सुसान कोलिन्स, नर्थ क्यारोलाइनाका थम टिलिस र केन्टकीका र्यान्ड पलले यो विधेयकलाई समर्थन दिएनन् । उनीहरूले विधेयकको विपक्षमा मतदान गरेका थिए ।
दिनभरीको वार्तापछि, रिपब्लिकन नेताहरूले अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीको समर्थन लिन सफल भएका थिए । यसले आफ्नो राज्यमा मेडिकेड कटौतीलाई लिएर समर्थन रोकेकी थिइन् । बीबीसी