बाह्रखरी
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । सामाजिक दूरी कायम गर्दै पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरूङले जानकारी दिए ।

“मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो,” गुरूङले भने ।

Rohto Landing

Agani Group

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएका छन् । उनले सदनमा विश्वासको साथै पार्टीको अजस्था पनि परीक्षण गर्न लागेको नेताहरूले बताएका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मत नपुग्दा अविश्वासको प्रस्ताव अघि बढाउन सकेको छैन । जनता समाजवादी पार्टी पनि विभाजित मनोदशामा छ । पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सांसदहरूलाई काठमाडौं बोलाएका छन् । उनीहरूले सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराइरहेको नेताहरूले बताएका छन् ।

sarbottam cement

माओवादी केन्द्रले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न अनौपचारिक बैठक बोलाएको नेताहरूले बोलाएका छन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्