site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घरमा रहेका अक्सिजन सिलिण्डिर फिर्ता गरेर संक्रमितको ज्यान बचाउन सरकारको आग्रह
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले अक्सिजन घरमा नराख्न अनुरोध गरेको छ । जगेडाका रुपमा घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकसँग आग्रह गरेको हो । 

केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको छ ।
 
“तपाईंले घरमा जगेडाको रूपमा राखेको अक्सिजन सिलिण्डरले आज कसैको ज्यान जोगाउन सक्छ, त्यसैले अनावश्यक रुपमा अक्सिजन सिलिण्डरको भण्डार नगरौं,” मन्त्रालयले भनेको छ, “सरकारले अक्सिजनको अभाव हुन नदिन आवश्यक प्रबन्ध गरिसकेको छ ।  अभाव नहुने गरी थप सिलिण्डरको व्यवस्था गरिसकेको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आवश्यक सिलिण्डरहरु केही दिन भित्रै आइपुग्ने भएकोले अहिले हाहाकार गरेर समस्यामा थप ‘समस्या’ नथन्न मन्त्रालयको आग्रह छ । 

“पैसाको नोक्सान गर्दै ठूलो दुर्घटना निम्त्याउन सक्ने यस खालका सिलिण्डरहरु घरमा नराखौं,” भन्दै मन्त्रालयले जिम्मेवार बन्न सबैसँग आग्रहसमेत गरेको छ । 

Global Ime bank

सरकारले केहीदिन अगाडि अक्सिजनबाट चल्ने उद्योग तत्काल अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो । 

नेपालमा पर्याप्त मात्रामा अक्सिजन प्लान्ट भए पनि अक्सिजन सिलिण्डरको अभाव छ । त्यसैले सरकारले ५० हजार अक्सिजन सिलिण्डर आयात गर्ने र यसमध्ये २० हजार सिलिण्डर तत्काल फाष्ट ट्रयाकबाट खरिद गर्ने तयारी गरिरहेको छ । 

सामान्य समयमा नेपालमा उत्पादित अक्सिजनको २० प्रतिशत मात्रै खपत हुने गरेको सरकारको दाबी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय