देश
काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरसँगै देशभर संक्रमितको संख्या बढ्दो छ ।
हाल देशका विभिन्न १२ जिल्लामा ५०० भन्दा माथि सक्रिय संक्रमितहरु छन् । यस्तै, २०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १६ पुगेको छ ।
५०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली हुन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा देशभर पाँच हजार ७०६ जनामा संक्रमण देखिएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८ १७:२३
प्रतिक्रिया दिनुहोस्