site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोरोना कहर : जनता, सरकारी संयन्त्र तथा राजनीतिक दल सुध्रनु पर्छ 

काठमाडौं । कोरोनाको दोस्रो लहरले पहिलोको तुलनामा ठूलै आतंक मच्चाइरहेको छ । अहिले यो रोगले आक्रान्त जिल्लाहरूमा हरेक घरमा रोगी देखिने अवस्था आइसक्यो । अस्पताल सबै भरिइसकेका छन् । अक्सिजन नपाएर बिरामीहरू छटपटाइरहेका छन् । 

यस्तो अवस्थामा सरकारले फेरि लकडाउन गरेको छ । हामीले गएको हप्ता लकडाउन विकल्प होइन भनेका थियौं । 

Argakhachi Cement Island Ad

अहिले पनि भन्छौं यदी लक डाउन भनेको केवल सडकमा मोटर नदेखिनु मात्रै हो भने यो लकडाउनले केवल मानिसलाई आर्थिक रुपले धेरै दुःख दिन्छ तर रोग नियन्त्रणमा धेरै सहयोग गर्दैन । 

तर हाम्रो प्रतिवाद लकडाउन लगाउने सरकारको निर्णय प्रति होइन बरु सरकारको लकडाउन असफल बनाउने जनता, सरकारी संयन्त्रको सोच र आफ्नो कार्यकर्ता परिचालन गर्न नसक्ने राजनीतिक दलप्रति हो ।

हाम्रो प्रतिवादको प्रमुख निसाना हामी जनता पनि छौँ । तपाईं, म र हामीजस्ता सबैप्रति प्रतिवाद गर्नै पर्ने भएको छ । 
प्रस्तुत छ यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्