खेल
पोखरा । दीपक मनाङे प्रदेशस्तरको पहिलो खेलकुद मन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् ।
सातैवटा प्रदेशमा हालसम्म खेलकुद मन्त्रालय भने छैन । सामाजिक विकास मन्त्रालय माताहतमा खेलकुद मन्त्रालय गाभिएको छ ।
तर, गण्डकी प्रदेशमा पहिलो पटक मन्त्रालय फुटाएर खेलकुद मन्त्रालय दीपक मनाङेलाई दिएको हो । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १६:३१
प्रतिक्रिया दिनुहोस्