site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब कहाँबाट छुट्छन् पुरानो बसपार्कबाट छुट्ने सवारी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरले खुला मञ्चमा रहेको पुरानो बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । वीरअस्पताल तर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । 

सवारी प्रवेशमा रोक लगाएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख ९ गते महानगरले खुला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन खुला मञ्चबाट बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार यस बसपार्कबाट करिब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । 

Global Ime bank

जसमध्ये करिब २७ वटा कम्पनी छोटो दूरीका र करिब १३ वटा कम्पनी मध्यम दूरीका सवारी सञ्चालन गर्छन् ।

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई दुई तरिकाबाट व्यवस्थापन गरिनेछ ।टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका लागि सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।

साविकको पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुल्ला मञ्चमा ल्याइएको थियो । तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुला मञ्चलाई खुला राख्न महानगरले बसपार्क हटाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय