site stats
बाह्रखरी :: Baahrakhari
देश
ठूलो परिमाणमा कोकिन बरामद, अन्तर्राष्ट्रिय कारोबारी पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका व्यक्तिहरू लागुऔषधको अन्तर्राष्ट्रिय कारोबारी भएको ब्युरो स्रोतको भनाइ छ । बरामद कोकिनको यकिन परिमाण र पक्राउ मिति, स्थान र व्यक्तिहरूबारे विस्तृतमा खुलाइएको छैन । ब्युरोले आज पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराउँदै छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्