
न्यूयोर्क । भारतमा कोरोना भाइरस संक्रमणदर बढेसँगै बेलायत, अमेरिकालगायत विश्वका विभिन्न राष्ट्रले सहयोग गरे । बेलायतले भारतलाई ४९५ अक्सिजन कन्सन्ट्रेटर र १४० भेन्टिलेटर दिने घोषणा गर्दा अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर दिने बतायो । अमेरिकाले खोप उत्पादनका लागि चाहिने कच्चा पदार्थमा लगाएको प्रतिबन्ध पनि हटाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
शक्ति राष्ट्रको यो सहयोग विशुद्ध राजनीतिक स्वार्थबाट प्रेरित भएको एकथरीको बुझाइ छ । तर अमेरिकाले भारतलाई गरेको सहायोगमा कुनै स्वार्थ नरहेको दाबी गरेको छ ।
भारतलाई गरिएको सहयोगको बदलामा अमेरिकाले कुनै राजनीतिक समर्थनको अपेक्षा नगरेको अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्रिन्सलेले सोमबार पत्रकारहरूसँग कुरा गर्दै बताए । इन्डिया टाइम्सबाट
“भारतसँग हाम्रो विश्वव्यापी रणनीतिक साझेदारी छ । यो सहयोग राजनीतिक समर्थन वा अन्य कुनै प्रकारको लेनदेनका लागि गरिएको होइन । यो सहयोग अमेरिकाको परोपकारी नेतृत्व र सहयोग गर्ने सरकारको प्रतिबद्धताबाट प्रेरित छ,” प्रिन्सले भने ।
विश्वको एक स्थानमा मात्र भाइरस बाँकी रहनु अमेरिकी नागरिक जोखिममा हुनु भन्दै उनले आफ्नो राष्ट्रिय सुरक्षा र समग्र विश्वको सुरक्षाका लागि अमेरिकाले भारतलाई सहयोग गरेको दोहोर्याए ।