काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा पनि डेढहप्ता कडा बन्दसहितको लकडाउन गर्ने निष्कर्षमा पुगेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म पनि निर्णय सार्वजनिक गर्न सकेको छैन ।
स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयले निर्णयसहितको पत्र गृह मन्त्रालयमा पठाएको थियो ।
गृह मन्त्रालयले जिल्लाले तयार पारेको सूचना कडा खालको भएको भन्दै सुझावका लागि मन्त्रिपरिषद्मा छलफल गर्ने बताए पछि ढिलाइ भएको स्रोतले जानकारी दियो ।
मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ ।
तर काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भाषा हेर्न समय लागेकाले सूचना प्रकाशित गर्न ढिलाइ भएको बताए ।
तर उनले गृह मन्त्रालयसँग थप सुझाव नमागिएको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयले नै उक्त निर्णय गर्न सक्ने बताए ।