site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसपामा ‘महन्थ भर्सेस उपेन्द्र–बाबुराम’ को शक्ति संघर्ष
Ghorahi CementGhorahi Cement

काठमाडौं । जनता समाजवादी पार्टी एउटै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लाइन’सँग निकट हुने र विरुद्धमा उभिने दुईधारमा छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता केपी शर्मा ओलीसँगको सहकार्यबाट मधेसका मुद्दा स्थापित गर्न कस्सिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह ओली विस्थापनको एक सूत्रीय एजेन्डा बोकेर हिँडेको छ । 

पार्टीभित्र भइरहेको दुईलाइन संघर्षले प्रदेशहरुमा जसपा नीतिविहीन बनेको छ । उसले कतै ओली निकटलाई असहयोग गर्ने त कतै ओली निकटसँगै सहकार्य गरिरहेको देखिन्छ ।

गत चैत मसान्तको दिन महन्थ ठाकुर धनुषा गएका थिए भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई देउवा निवास बूढानीलकण्ठ ।

Agni Group

देउवा निवास पुगेर उपेन्द्र–बाबुरामले देउवालाई कांग्रेस, माओवादी केन्द्र र जसपा सहकार्यमा अघि बढ्नुपर्ने भन्दै त्यसको सुरुवात लुम्बिनी प्रदेशबाट गर्न प्रस्ताव गरेका थिए । देउवाले आफूले पार्टीका कुनै समूहमसँग मात्र सहकार्य गर्न नसक्ने भन्दै पार्टीबाट निर्णय गरेर आउन वा दुबै अध्यक्ष एकसाथ आउन भन्दै उपेन्द्र–बाबुरामलाई फर्काइदिएका थिए । 

उपेन्द्र–बाबुरामको निर्देशनमा जसपाको लुम्बिनी प्रदेश संसदीय दलले निर्णय गरेरै कांग्रेस, माओवादीसहितले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गर्यो । निर्णयलगत्तै सांसदहरुले अविश्वास प्रस्तावमा हस्ताक्षरसमेत गरे । त्यही कुराले जसपामा भुइँचालो ल्याइदियो ।

Global Ime bank

जनकपुर गएका अध्यक्ष ठाकुर काठमाडौं फर्किए । उनी निकटका नेता डा. सुरेन्द्र झाले दिनभरको राजनीतिक विकासक्रमको बेलिविस्तार लगाए । 

ठाकुरले सर्वेन्द्रनाथ शुक्ललाई डाकेर पार्टीमा के हुँदैछ, तपाईंहरु कार्यदलमा के गर्दै हुनुहुन्छ भन्दै बिफ्रिङ लिए । उपेन्द्र–बाबुराम एक्लै देउवासँग वार्ता गरेर पार्टीलाई गलत बाटोमा लैजान खोजेको निष्कर्ष निकालेर ठाकुर पक्षले ‘मुभ’ सुरु गर्‍यो ।
बिहीबार पनि अध्यक्ष ठाकुरले आफू निकटका सांसदहरुलाई बोलाएर छलफल गरेका छन् । 

लुम्बिनी प्रदेशमा ६ सांसद रहेको जसपामा पाँचजना पूर्वसमाजवादीतर्फका हुन् भने एकजना मात्र राजपातर्फका हुन् । 

तर, उपेन्द्र–बाबुरामको निर्देशनमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावका पक्षमा जाने निर्णय गरेको जसपाको केही घण्टामा संसदीय दलको अर्को बैठक बस्यो ।

संसदीय दलका नेता सहजराम यादवलाई दलको नेताबाट हटाएर सन्तोष पाण्डेलाई संसदीय दलको नेता चयन गर्‍यो । 

अविश्वास प्रस्तावका पक्षमा जाने अघिल्लो संसदीय दलको बैठक सच्याउँदै मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय गर्‍यो ।
लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले जसपाका सांसदहरुलाई मन्त्री नियुक्त गरे ।

संसदीय दलको नेता बनेका सन्तोष पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भए । विजय यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भए भने राजपातर्फबाट निर्वाचित भएकी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री नियुक्त भइन् भने पूर्वसमाजवादीतर्फकै सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भइन् ।

संघीयता अभ्यासको शुभारम्भ 

अहिले जसपा लुम्बिनी संसदीय दलको नेता र भौतिक पूर्वाधार मन्त्री भएका सन्तोष पाण्डेले यसलाई संघीयताको अभ्यास भन्ने गरेका छन् । 

“पार्टीको केन्द्रबाट लुम्बिनी सरकारमा जाने वा विपक्षमा जाने भन्ने सन्दर्भमा कुनै निर्णय भएको छैन,” भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता पाण्डेले भने, “हामीले यहाँको भूगोल र आवश्यकता हेरेर उचित निर्णय आफैं गरेका हौं ।” 

उनले जसपा संघीयता पक्षधर पार्टी भएको भन्दै संघीयताको अभ्यास लुम्बिनी प्रदेशले शुभारम्भ गरेको बताए ।

“हामीले संघीयताको अभ्यास हाम्रै प्रदेशबाट सुभारम्भ गरेका छौं, हाम्रो पार्टी संघीयता पक्षधर पार्टी भएकाले यो सम्भव भएको हो,” पाण्डेले भने ।

पाण्डेले यस्तो दावी गरे पनि जसपा संघमा अनिर्णीत हुँदा प्रदेशमा त्यहीँ रहेका सांसदहरुले कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिरहेका छन् । 

दुई सांसद रहेको जसपाले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको छ । 

यस्तै गण्डकी प्रदेशमा भने एक सांसद रहेको जसपाले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको छ ।

यसलाई जसपाका नेताहरुले संघीयताको अभ्यास भन्ने गरे पनि अहिले जसपामा महन्थ र उपेन्द्र–बाबुरामबीच शक्ति संघर्ष चलिरहेको छ । 

पहिले संघीय समाजवादी पार्टी हुँदा केपी शर्मा ओलीको सरकारमा गएका उपेन्द्र यादव ओलीले अपमानजनकरुपमा सरकारबाट निकालेका कारण ओली सरकारका विरुद्धमा छन् । 

नयाँ शक्तिसँगको एकतापछि समाजवादी पार्टी बनेकोमा अहिले राजपासँगको एकतापछि जसपा पार्टी बनेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउने सुरुवात गर्दा एमाले माओवादी गठबन्धनमै सामेल भएका बाबुराम भट्टराई भने त्यसबेला उनलाई गोरखामा चुनाव लड्न नदिने खेल भएपछि गठबन्धनबाट बाहिरिएका थिए । 

त्यसपछि कांग्रेससँगको गठबन्धनमा चुनाव जितेका भट्टराई ओली सरकारको सुरुवात देखिनै कडा आलोचक हुन् ।

अहिले महन्थले ओलीसँगै सहकार्य गरेर मधेसका मुद्दा सम्बोधन गराउने नीति लिएपछि राजपा एउटै पार्टी भएर पनि दुईवटा जस्तै बनेको छ । 

धेरैले जसपा विभाजनको अभ्यास चलिरहेको बताउने गरेका छन् । तर, अध्यक्ष ठाकुर भने त्यसलाई लोकतन्त्रको अभ्यास गरिरहेको बताउँछन् ।

“हामीबीच निर्णय कार्यान्वयन गर्ने तर, अभिव्यक्ति स्वतन्त्र रुपमा राख्ने समझदारी भएको छ । उपेन्द्रजी, बाबुरामजीले त्यही समझदारीको उपयोग गर्दै हुनुहुन्छ,” ठाकुरले बाह्रखरीसँगको अन्तर्वार्तामा भने, “तर, हामी सरकारमा जाने वा कसलाई पुर्याउने भनेर होइन, मधेसका मुद्दा सम्बोधन गराउने प्रयास गरिरहेका छौं ।” 

उनले मुद्दा सम्बोधनपछि भने सत्ताका विषयमा कुरा हुन सक्ने र पार्टीले आवश्यक निर्णय लिन सक्ने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC